भद्रगोल र सक्कीगो नि कि रक्षाले भन्छिन जिग्रीले मेरो माया होइन घृणा चाहिँ पाउछ : रक्षा श्रेष्ठ…..हेर्नुहोस यस्तो छ पुरा विवरण

काठमाण्डौ – हास्यश्रृंखला भद्रगोल र सक्कीगो नि कि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर कसैको पछाडी लाग्नु मुर्खता भएको बताएकी छ। उनले भनिन उदारणका लागि मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोल र सक्कीगो निमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ जुन हास्यश्रृंखला मा चित्रण गरिएको छ।

पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठ अत्यन्तै आकर्षक लुक्समा । उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् ।

प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ । फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ ।

प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन । आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।हेरौ उनका केही आकर्षक लुक्स ।